जम्मु काश्मिरको कुपवारामा भिडन्त

जम्मु काश्मिरको कुपवारामा भिडन्त

पाकिस्तानको सीमासँग जोडिएको भारतीय प्रान्त जम्मु काश्मिरको कुपवारा क्षेत्रमा सैनिक सुरक्षा बल र लडाकू समूहबीच भिडन्त भएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार कुपवाराको बाबागन्द क्षेत्रमा भिडन्त भएको हो । शुक्रबार बिहान त्यो भिडन्त शुरू भयो ।  

सुरक्षाकर्मीहरूले त्यसक्षेत्रलाई घेरा हाली लडाकूहरूलाई खोज्ने काम जारी राखेका छन् । हालसम्म त्यसमा कसैको हताहतीको खबर भने सार्वजनिक गरिएको छैन् ।