गोकुल बास्कोटालाई पदमुक्त गर्न प्रचण्डले दिए ओलीलाई सल्लाह, बास्कोटालाई बालुवाटार डाकियो

गोकुल बास्कोटालाई पदमुक्त गर्न प्रचण्डले दिए ओलीलाई सल्लाह, बास्कोटालाई बालुवाटार डाकियो

काठमाडौं, ८ फागुन । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधामन्त्री केपी शर्मा ओलीलाई भेट गरी सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई पदमुक्त गर्नुपर्ने सुझाव दिएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल बिहीबार बिहान छलफल भएको बालुवाटार श्रोतले जनाएको छ । 

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछि अध्यक्षद्वयबीच छलफल भएको हो।  बालुवाटार स्रोतका अनुसार ओली र दाहालबीच सञ्चारमन्त्री बास्कोटाको विषयमा छलफल भएको हो। प्रधानमन्त्रीको विश्वासको पात्रको रूपमा परिचित रहेका बास्कोटाको कमिसनको अडियो सार्वजनिक भएपछि अध्यक्ष दाहालले तत्कालै पदमुक्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताइएको छ। 

यस बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले बास्कोटालाई बालुवाटारमा बोलाएको श्रोतले जनाएको छ ।