आफ्ना विश्वासपात्र गोकुललाई राजीनामा दिलाएसँगै प्रधानमन्त्रीले कसैलाई नछाड्ने सङ्केत
प्रधानमन्त्री केपी ओलीसँग निकै निकट सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा नआउने अनेकौं अड्कल र प्रचारबाजी अन्ततः मिथ्या सावित भयो । सेक्युरिटी प्रेस डिलमा सञ्चारमन्त्रीको कमिशनका बारेमा अडियो वार्ता सार्वजनिक भएसँगै निकै ठूलै तरङ्ग आयो र पत्रकारहरुले पनि आआफ्ना मिडियामार्फत् अनुमानकारिता धेरै गरे ।
प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारसँग जोडिएर आएका विषयमा आफ्नै निकटलाई पनि छाड्दैनन् भन्ने कुरालाई फेरि एकपटक सावित गरिदिए । यो उनको नैतिक विजय हो । सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओलीका असाध्यै निकट र विश्वास पात्र हुन निवर्तमान मन्त्री बास्कोटा । यतिसम्म कि प्रधानमन्त्री ओलीले बास्कोटालाई आफ्नै निवासमा नै बस्न दिएका छन् ।
भावनाको पक्ष एउटा हो, त्यो हरेक मान्छेमा हुन्छ । राजनीतिमा नेतृत्व गर्नेले अन्तिम फैसला गर्दा भावनालाई भन्दा राजनीतिलाई प्राथमिकता दिन सक्नुपर्छ । प्रधानमन्त्री केपी ओलीले त्यो क्षमता देखाए ।
गोकुल बास्कोटाले सेक्युरिटी प्रेसका बारेमा के कस्तो डिल गरे, उनी दोषी या निर्दाेष के हुन्छन त्यो त समयले नै बताउला । एजेण्टले अंशमा, आफू अनुकूल कुरालाई मात्र वाहिर ल्याएको विषयलाई मात्र आधार बनाएर समग्र निश्कर्ष निकाल्नु अद्वन्द्ववादी हुन्छ । तर प्रधानमन्त्री केपी ओलीले अनुसन्धानका लागि मार्गप्रशस्त गर्न मन्त्री गोकुललाई जसरी तत्काल राजीनामाका लागि सुझाए, यसले प्रम ओलीको भ्रष्टाचारविरुद्धको प्रतिबद्धतालाई थप बल पु¥याएको छ ।
खास कुरा यो हो, आफ्ना निकट र विश्वासयोग्य नेता गोकुल बास्कोटालाई त नछाड्ने प्रधानमन्त्री केपी ओलीले गल्ती भेटिएमा वा शंका लागेमा मात्र पनि कसैलाई छाड्दैनन् भन्ने नै सावित गरे । गोकुल बास्कोटा दोषी ठहरिएलान, उनी दोषी नठरिएलान, त्यो अलग्गै विषय हो । तर, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीको अहिलेको कदम निकै स¥हानीय छ ।
दुई वर्षअघि बनेको केपी ओलीको नेतृत्वको सरकारले ठूलठूला घोटालालाई सतहमा ल्याएको छ । ललिता निवास प्रकरण यसै सरकारले ल्यायो । मातातीर्थ प्रकरण पनि यसै सरकारले सतहमा ल्याएको छ । यो सरकारले अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की र पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालले एयरपोर्टमा नयाँ मार्ग बनाएर निरन्तर खुलेआम अवैध रुपमा ल्याउँदै आएको सुन रोकेको छ । यसका पालामा कुनै त्यस्ता नयाँ घोटाला भएका छैनन् । यसले सरकार सुशासनको मार्गचित्रमा हिंड्ने प्रयास गरेको नै प्रमाणित गर्छ ।
आफ्ना निकट मन्त्री गोकुल बास्कोटाको अभाव प्रधानमन्त्री केपी ओलीलाई तत्काल पर्नसक्छ । प्रधानमन्त्री र सरकारको पक्षमा निर्भिक भएर बोल्ने गोकुल जस्तै मन्त्री तत्काल नपाइन पनि सक्छ । सेक्युरिटी प्रेसका सम्बन्धमा भएका डिलका बारेको वाहिर बहस र विवादका बीचमा बास्कोटालाई मन्त्री पदमा राखिरहेको भए चाहिं गोकुललाई मात्र होइन प्रमलाई समेत महङ्गो पर्न सक्थ्यो ।
प्रधानमन्त्री केपी ओलीको छविलाई यस प्रकरणले उज्याल्याएकै छ । जनतामा यसको सकारात्मक सन्देश गएको छ । विपक्षी पार्टीसहित सरकारका विरोधी, पूर्वाग्रहीहरुले केही दिन यसबारेमा वाहिर कोकोहोला मच्चाउलान । तर त्यसको खासै अर्थ छैन । सञ्चारसहित अन्य खाली मन्त्रालयमा पार्टीभित्र सन्तुलित र समावेशी ढंगले प्रमले मन्त्रीमण्डलको पुनर्गठन गरेर पार्टी र सरकारलाई थप सुदृढ गरेर लैजानु पर्छ ।
प्रतिक्रिया