प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिएको हुँ : बास्कोटा
काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफुले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले प्रधामन्त्री समक्ष राजीनामा दिएका हुन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस लेख्दै बास्कोटाले आफ्नो बारेमा प्रश्न उठेकाले नैतिकताको आधारमा राजीनमा दिएको उल्लेख गरेका हुन् ।
प्रतिक्रिया