दिवंगत रवीन्द्रको गीत थियो, ‘जिन्दगी बगेको पानी हो फेरि फर्की आउँदैन लै बरी लै...’

दिवंगत रवीन्द्रको गीत थियो, ‘जिन्दगी बगेको पानी हो फेरि फर्की आउँदैन लै बरी लै...’

फणीन्द्र फुयाल

काठमाडौं । जिन्दगी बगेको पानी हो फेरि फर्कि आउँदैन लै बरी लै... । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी राजनीतिज्ञ, साहित्यकार, बिद्यार्थी नेता मात्र नभई कुशल गीतकार पनि थिए ।

करिव दुई दशकअघि नेपाली सांगितिक बजारमा उदाएको अमृत गुरुङको व्याण्ड ‘नेपथ्य’ मा उनले लेखेको एउटा गीत अत्यन्तै चर्चित थियो ।

जोमशोमे बजारमा बा¥ह बजे हावा सरर
हे हजूर घर हाम्रो पोखरा...

आफू कास्की जिल्ला पोखरा आसपासको भएकै कारण उनले गीतमा कास्की र त्यस आसपसका जिल्लाको भौगोलिक सुन्दरताको बर्णन गरेर गीत लेखेका थिए । जब अमृतले त्यसमा स्वर भरे अनि गीतले चर्चाको शिखर चुम्यो । 
रवीन्द्रले लेखेको गीतको थप शव्द यस्तो थियो,
त्यो डाँडा ढाक्यो कुहिरोले आज पानी परेन लै बरी लै
दिल चुँडी लग्यो निष्ठुरीले मन ब्यथा बुझाउन लै बरी लै
हे हजूर घर हाम्रो पोखरा
अहिलेसम्म भा छैन घरबार 
जिन्दगी बगेको पानी हो
फेरि फर्की आउँदैन लै बरी लै ....

हो, दिवंगत मन्त्री अधिकारीले गीतमा भने झैँ त्यो डाँडा कुहिरोले ढपक्कै ढाक्यो अनि मौसम खराव भयो र उनी सवार हेलिकोप्टर दुर्घटनामा प¥यो । आज उनको पार्थिव शरीर हामीमाझ त छैन तर उनले हामीलाई उपहार स्वरुप छोडेर गएको यो गीत भने कालजयी बनेर नेपालीहरुको दिल दिमागमा बसिरहने छ ।

 रवीन्द्रले गीतमा दिल चुँडी लग्यो निष्ठुरीले मनको व्यथा बुझाउन लै बरी लै... भने झै आज उनको दिल निस्ठुरी कालले चुँडेर लगेको छ तर मन बुझाउन उनका परिवारजन र नेपाली जनता विवस छन् ।

र, अन्त्यमा उनकै गीत सापटी लिने हो भने आज उनको जिन्दगी बगेको पानी झै चरितार्थ बनेको छ र त्यो पानी फेरि कहिल्यै फर्किने आउँने छैन । अल विदा रवीन्द्र !