अमेरिकी विदेशमन्त्री रहेकै बेला साउदी अरबमाथि यमनबाट मिसाइल प्रहार 

अमेरिकी विदेशमन्त्री रहेकै बेला साउदी अरबमाथि यमनबाट मिसाइल प्रहार 

काठमाडौ ।साउदी अरबले यमनबाट गरिएको ब्लास्टिक मिसाइललाई रोकेको छ । साउदी अरबको हवाइ सुरक्षा प्रणालीले ती मिसाइलहरूलाई रोकेको हो ।

इरानको खतराबारे कुरा गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ भ्रमण गरिरहेका बेला यो आक्रमण गरिएको हो । यमनको राजधानी साना तर्फबाट ती मिसाइल प्रहार गरिएको र ती मिसाइलको निशाना यान्बु शहरको तेल टर्मिनल रहेको जनाइएको छ ।

साउदी अरबले शुक्रबार जारी गरेको विज्ञप्तिमा हउठी मिलिसियाको तर्फबाट साउदीका शहरतर्फ आक्रमण गरिएको र त्यसलाई हवाइ प्रतिरक्षा प्रणाली विफल पारेको उल्लेख छ ।्
भिडियोहरू सामाजिक सञ्जालकम सार्वजनिक गरिएका छन् ।

साउदीले यमनका हउठी विद्रोही विरूद्ध हवाइ लडाइ सन् २०१५ देखि लडिरहेको छ । हउठीले राजधानी कब्जा गरी राष्ट्रपति अब्दराबुद्ध मन्सुर हाडीलाई अपदस्थ गरी यो आक्रमण गरेका हुन् ।आक्रमण पछि अमेरिकी विदेशमन्त्री पोम्पेओले हवाइ प्रतिरक्षा प्रणाली देखेका छौ र यो विश्वमै सफल भएको प्रतिरक्षा प्रणाली भएको बताए ।