पशुपतिनाथमा नागा बाबाहरुको बेग्लै रन्को  

पशुपतिनाथमा नागा बाबाहरुको बेग्लै रन्को  

महाशिवरात्रीको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा धेरै संख्यामा भक्तजनहरु पुग्ने गर्छन्। पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु पनि पुगेका छन्। धेरैजसो नागा बाबाहरु भारतबाट आएका छन्।

केही दिन यता पशुपतिमा शरीरमा खरानी दलेर बसेका नागाहरु हेर्नेहरुको भिडनै देखिन्छ। स्वदेशी भक्तजनका साथै विदेशी पर्यटकहरु समेत नागा बाबा हेर्न, बाबासँग फोटो खिचाउन र सेल्फी लिन ब्यस्त देखिन्थे । नागाहरु मोक्षको खोजीमा हरेक वर्ष शिवरात्रीका दिन पशुपति आउने गर्दछन्। पशुपति विकास कोषले पनि नागा बाबाहरुको खाना र बसोवासको व्यवस्था गरेको छ। यस वर्ष दुई सयभन्दा धेरै नागाहरु पशुपति आइपुगेकोअनुमान गरिएको छ। नागाहरुसँगै हजारौंको संख्यामा साधु सन्तहरु पशुपति आइसकेका छन्।