कम्युनिष्टरु सत्तामा गएपछि आदर्शबाट च्युत हुने खतरा देखियो : प्रचण्ड
काठमाडौं, ९, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तामा गएपछि कम्युनिष्ट आदर्शबाट च्युत हुने खतरा नेपालमा पनि देखिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रच(डले भने, ‘ कम्युनिष्ट पार्टीका नेताहरु कम्युनिष्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्युत भएपछि आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ आफैँले आफैंलाई सिद्धाउने रहेछन् ।’
कम्युनिष्ट पार्टीहरु सत्तामा नहुँदा आन्दोलन र क्रान्तिमा हुँदा त्याग र तपस्या गर्न सक्ने र जनतासँग घुलमिल हुन सक्ने तर सत्ता प्राप्त गरिसकेपछि त्यो आदर्शबाट विचलित हुने थुप्रै घटनाहरु विश्व इतिहास र नेपालको इतिहासमा पनि त्यसका संकेतहरु देखिने गरेका उनको तर्क थियो ।
प्रतिक्रिया