एमसीसी परिमार्जनसहित अनुमोदन गरिन्छ, प्रधानमन्त्रीले अमेरिकी सरकारसँग कुरा गरिसक्नुभो : प्रचण्ड

एमसीसी परिमार्जनसहित अनुमोदन गरिन्छ, प्रधानमन्त्रीले अमेरिकी सरकारसँग कुरा गरिसक्नुभो : प्रचण्ड

चितवन, १० फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । 

शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् ।

शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे ।

उनले भने,  ‘एमसीसी कुनै बाइबल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेको उनले बताए ।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आइतबारदेखि सुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए। वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए ।