गोकुल बास्कोटामाथि अनुसन्धान सुरु भइसकेको छ, दोषी पुष्टि भए छुट हुँदैन : प्रचण्ड

गोकुल बास्कोटामाथि अनुसन्धान सुरु भइसकेको छ, दोषी पुष्टि भए छुट हुँदैन : प्रचण्ड

नवलपरासी, १० फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घटनाको अनुसधन सुरु भइसकेको र दोषी पुष्टि भए सरकारले कुनै हालतमा छुट नदिने बताएका छन् ।

साथै उनले कुनै पनि भ्रष्टाचारीले उन्मुक्ति नपाउने पनि बताएका छन् ।

शनिबार पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा नयाँ भवनको उद्धघाटनपछि बोल्दै प्रचण्डले भने, 'कोही माथि अदालतमा मुद्दा छ, कसैलाई अख्तियारले छानविन गर्दै छ', उनले भने, 'सरकार कुनै हालतमा पनि अनुसन्धान अघि बढाउन र कारबाहीको दायरामा ल्याउन कत्ति पनि पछि पर्दैन।'

उनले बाँस्कोटा घटनामा सरकारी अंगले अनुसन्धान अघि बढाइसकेको र केही समय धैर्य गरेर हेर्न आग्रह गरे।