भाजपाको माउ पार्टीले मोदी शाहको विकल्प खोज्न भन्यो

भाजपाको माउ पार्टीले मोदी शाहको विकल्प खोज्न भन्यो

काठमाडौ ।भारतको सत्ताधारी भाजपाको माउ पार्टी राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस)ले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको विकल्प खोज्नु पर्ने जनाएको छ ।

आरएसएसको अंग्रेजी भाषाको मुखपत्र अर्गनाइजरले मोदी र शाहको बारेमा यस्तो उल्लेख गरेको हो ।भाजपाले संगठनलाई फेरि पुनगर्ठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै विधानसभाको स्तरमा हुने निर्वाचनका लागि स्थानीय नेता तयार गर्न सक्ने बताए । 

मुखपत्रमा भनिएको छ –“ कुनै  खराब उम्मेदवारले आफू राम्रो भएको दाबी उ राम्रो पार्टीसँग सम्बन्ध राखेकाले मात्रै गर्दैन साँचो कुरो यो हो कि जो खराब छ वा खराब नै रहने गर्छ ।”

जवाफ लुकेको उल्लेख गर्दै अर्गनाइजरले दिल्लीको बदलिदो चरित्रमै लुकेको जनाएको छ। भाजपाका लागि शाहीन बागको मुद्दा असफल रहयो किनकि अरविन्द केजरीवालले यसलाई समाप्त परी सके ।

सअघि संघ र विश्व हिन्दु परिषदले भनेको थियो कि हिन्दुवादी राजनीतिका कारण केजरीवाललाई आफ्नो प्रवृति फेर्नुपर्ने हुन्छ । दिल्लीमा जनसंघको बेलादेखि भाजपा राम्रो स्थितिमा रहँदारहँदै नमिठो हार खेप्नु परेकोले माउ पार्टीको मुखपत्रले यस्तो उल्लेख गरेको हो ।