चीनमा कोरोनाभाइरसको नयाँ संक्रमित घटदा हुलाई विश्वमा फैलिन सक्ने चिन्ता

 चीनमा कोरोनाभाइरसको नयाँ संक्रमित घटदा हुलाई विश्वमा फैलिन सक्ने चिन्ता

काठमाडौ ।चीनमा कोरोनाभाइरसको नयाँ संक्रमितको संख्या सीधा तल गइरहेको बेला संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन(हु)ले विश्वमा फैलिन सक्ने विषयमा चिन्ता व्यक्त गरेको छ ।

विश्वमा कोरोनाभाइरसको महामारी चीनमा घटेजस्तै अन्य देशमा संक्रमण घट्नेमा पूर्वानुमान गर्न गाह्रो भएको हुका अधिकारीहरूले जनाएका छन् । चिनियाँ अधिकारीहरूले शुक्रबार नयाँ संक्रमितको संख्या ३९७मा झरेको पुष्टि गरेका थिए । बिहीबार भने यो संख्या ८८९ थियो ।

तर कोरोनाभाइरस संक्रमितहरूको संख्या चीन बाहिर दक्षिण कोरिया, इरान, इटली र लेबनानमा फैलिएरहेको देखिएबाट हुका अधिकारीहरूको चिन्ता बढन थालेको हो । दक्षिण कोरियामा शनिबार नयाँ संक्रमितको संख्या दोब्बार बढेर ४३३ पुग्यो । चर्चमा १ हजार भन्दा बढी मानिस जम्मा भएका बेला रूघा खोकी लक्षण फैलिएको देखिएको हो ।

चीनमा नयाँ संक्रमितको संख्या घटेको सूचनाको स्वागत गरेको भएपनि कोभिड १९को यो भाइरस अन्यदेशमा फैलिन सक्नेबारे हुका प्रमुखले चिन्ता व्यक्त गरेका हुन् । विश्वमा यो भाइरस फैलिन नदिन आवश्यक गर्नुपर्ने प्रयासका लागि ६७ करोड ५० लाख अमेरिकी डलरको आह्वान  हुले गरेको छ ।

चिनियाँ सम्बन्ध भएका अफ्रिकाका १३लाई प्राथमिकता दिएर काम अघि बढाउनुपर्ने  हुले जनाएको हो । चीनमा ७५५६९ संक्रमित रहेको र २२३९ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितहरूमा ८० प्रतिशत हलुका असर रहेको र २० प्रतिशतको अवस्था गम्भीर रहेको छ । प्राणघाती अवस्थामा २प्रतिशत रहेको हुले जनाएको छ ।