प्रधानमन्त्री ओलीको जन्मदिन मनाउन सार्वजनिक विदा !

प्रधानमन्त्री ओलीको जन्मदिन मनाउन सार्वजनिक विदा !

काठमाडौं, ११ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिन हो । उनले सरकारी निवास बालुवाटारमा केक काटेर जन्म दिन मनाएका छन् । 

बालुवाटारमा 'बर्थ डे सेलिब्रशन' पछि  प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन् । उनले आठराईमा जेष्ठ नागरिकलाई न्यानो कपडा र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्म दिन मनाउँदैछन् ।

प्रधानमन्त्री ओलीको जन्म दिनको अवसरमा हुने कार्यक्रमलाई मध्यनजर गरी आठराई गाउँपालिकामा सार्वजनिक विदा दिइएको छ । ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका थिए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायतबालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना दिएका थिए ।

त्यस अवसरमा नेताहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेको बालुवाटार श्रोतले झिल्कोलाई बतायो ।