एमसिसी सम्झौताबारे गहिरो अध्ययन गरिएको छ,परिमार्जनविना अनुमोदन हुँदैनः प्रचण्ड
जनकपुर, ११ फागुन । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संशोधनपछि मात्रै एमसिसी अनुमोदन हुने बताएका छन्। जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘संशोधन र परिमार्जनविना एमसिसी अनुमोदन हुने स्थिति छैन।’
एमसिसीबारे पार्टीले बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि शनिबार बसेको सचिवालय बैठकले संशोधन र परिमार्जपछि मात्रै एमसिसी अनुमोदन गर्ने छलफल गरेको पनि उनले सुनाए ।
उनले एमसिसी सम्झौताबारे गहिरो गरी अध्ययन गरिएको पनि बताए।
प्रतिक्रिया