जन्मदिन मनाउन पितासहित प्रधानमन्त्री दम्पत्ति तेह्थुममा, साथमा सांसदहरु 

जन्मदिन मनाउन पितासहित प्रधानमन्त्री दम्पत्ति तेह्थुममा, साथमा सांसदहरु 

तेह्थुम, फागुन ११ गते । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा अपराह्न २ बजे आइपुगेका छन् । उनलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरे ।

प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सङ्घीय सांसद गणेश विमलीलगायत छन् । उनीहरु आजै सुकेपोखरी–भदौरै सडकको पनि शिलान्यास गरेका छन्। त्यस्तै आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उनले उद्घाटन गरे ।