फोरमको डेट लाइन फागुन २१ 

फोरमको डेट लाइन फागुन २१ 

संघीय समाजवादी फोरम नेकपाबीच भएको दुई बुँदे सहमति र फोरमको सत्तारोहणको भविष्य फागुन २१ गते टुंगो लाग्ने भएको छ । फोरमले संविधान संशोधन कार्यसूचि यही हिँउदे अधिवेसनमा प्रस्ताव नगरे सरकार छोड्ने र संघर्षमा जाने बैठकले निर्णय गरेको पार्टी निकट उच्च स्रोतले जनाएको छ ।

फागुन २१ सम्म संघीय कानुनहरुको चापलाई हेरेर फोरमले कुरा अगाडि नबढाएको तर त्यसपछि तुरुन्तै नेकपा र फोरमको कार्यदल बनाउने प्रस्ताव ल्याउनु पर्ने फोरमले माग गर्नेछ । कार्यदल बनाउने प्रक्रियामा प्रवेश नगरे तत्कालै फोरम बाहिरिने छ । त्यो कार्यदलले संविधान संशोधनको कार्यसूची चालू हिउँदे अधिवेसनमा ल्याउनु पर्नेछ । यसो हुन नसके फोरमले सरकारबाट विदावारी लिने फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सार्वजनिक गरिसकेका छन् । 

फोरमले सरकारमा सामेल हुँदा नेकपासँग दुई बुँदे सहमति गरेको थियो । त्यो सहमतिमा संविधान संशोधनको माग मुख्य थियो । फोरमको मुख्य माग संविधानको धारा २७४ संग सम्बन्धित छ । यो धारामा नयाँ प्रदेश सिर्जना गर्ने सम्बन्धी प्रावधान छ । फोरमसँग भएको २६ बुँदे सहमतिका कतिपय बुँदाहरु त संघीय कानुन निर्माणका सन्दर्भमा सम्बोधन हुने देखिन्छ । तर धारा २७४ संसदको दुई तिहाई मतले मात्र पारित गर्न सक्छ । सत्तारुढ नेकपा र सरकारलाई यही धारा संशोधनको मुद्धा उठाएर फोरमले अलग राजनैतिक बाटो तय गर्ने देखिन्छ ।