भारत भ्रमणपछि ट्रम्प दम्पत्ति बीच पारपाचुके होला र?
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मलेनिया ट्रम्पसँग भारतको पहिलो राजकीय भ्रमणमा सोमबार आउन लागेका हुन् ।
ट्रम्प दम्पत्तिबीच पारपाचुकेको संयोग दोहरिने हो कि भन्ने अडकल पनि काट्न थालिएको छ । यो अडकल उनीहरूको आगराको ताजमहल हेर्ने योजनासँग जोडिएर गर्न थालिएको हो । यहाँ पुग्ने विश्वका शीर्ष व्यक्तिहरू बीच सम्बन्ध विच्छेद भएको घटनाले यस्तो भनिएको हो ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०००मा पत्नी ल्युडमिलासँग ताजमहल हेर्न आगरा पुगेका थिए । ताजमहल हेरेको तीन वर्ष पछि दुबै बीच पारपाचुके हुन पुग्यो ।
सन् १९९२मा बेलायतकी राजकुमारी डायना एक्लै ताजमहल हेरे फर्केपछि उनको सम्बन्ध विच्छेद प्रिन्स चाल्र्ससँग हुन पुगेको थियो । ताजमहल हेरे फर्केको दश महिना पछि डायना चाल्र्सको पारपाचुकेको खबरले सबैलाई चकित पारेको थियो ।
्यसै गरी सन् २०११मा मिसन इम्पसिबलः घोस्ट प्रोटोकल नामक फिल्मको वल्र्ड प्रिमियरका लागि ट्रम क्रुज भारत आए । भारतीय अभिनेता अनिल कपुरसँग हलिउड स्टार टम क्रुज ताजमहल हेर्न गएका थिए । सन् २०१२मा टम क्रुजको तेस्री पत्नी क्याटी होम्ससँग पारपाचुके हुन पुग्यो ।
सन् २००९मा हलिउडका प्रसिद्ध कमेडियन रसेल ब्रान्ड गर्लफ्रेन्ड क्याटी पेरीसँग ताजमहल हेर्न पुगेका थिए । फर्केर बिहे पनि गरे तर १४ महिना पछि दुबै बीच पारपाचुके भयो ।
१७ वर्षकै उमेरमा विम्बल्डन ग्रयान्डस्लामको उपाधि जित्ने टेनिसका महान खेलाडी बोरिस बेकर पत्नी लिलीसँग सन् २०१२मा ताजमहल हेरे फर्केपछि पारपाचुके गरे ।
यति मात्रै होइन अमेरिकाका पूर्व राष्ट्रपति जन एफ केनेडीकी पत्नी ज्याकलिन केनेडी अमेरिकाकी प्रथम महिलाको रूपमा भारत पाकिस्तान सदभाव भ्रमणको रूपमा सन् १९६२मा आएकी बेला ताजमहल हेर्न गएकी थिइन् । अमेरिका फर्केपछि सन् १९६३मा केनेडीको हत्या भएपछि ज्याकलिन एक्ली भइन् ।
यस्तो संयोग ताजमहल हेर्ने विशिष्ट व्यक्तिहरूबीच भएको उदाहरण प्रस्तुत गरी अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मलेनियाबीच पारपाचुकेको यो संयोग नदोहरियोस भन्ने कामनाका साथ भारतमा व्यापक स्वागतको तयारी गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्प दम्पत्तिलाई आफै स्वागत गर्ने भएका छन् ।
प्रतिक्रिया