बालु्वाटारमा प्रधानमन्त्री–प्रचण्डबीच भेटवार्ता 

बालु्वाटारमा प्रधानमन्त्री–प्रचण्डबीच भेटवार्ता 

काठमाडौं, १२ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न सोमबार विहान बालुवाटार पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे  छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले माधवकुमार नेपालको नेतृत्वमा राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्न गृहकार्यका लागि कमिटी गठन गर्ने निर्णय भएको थियो। उक्त निर्णय आइतबार सार्वजनिक भएपछि पार्टीभित्रै आलोचना भइरहेको छ।