सुन तोलाको ८० हजार ३ सय रुपैंया, मूल्यवृद्धिको कारण कोरोना भाइरस

सुन तोलाको ८० हजार ३ सय रुपैंया, मूल्यवृद्धिको कारण कोरोना भाइरस

काठमाडौं। लगातार बढेको भाउको यसअघिका रेकर्ड तोड्दै सोमबार सुन प्रतितोला ८० हजार ३ सय रूपैयाँ कायम भएको छ। सुनको भाउ यो इतिहासकै सर्वाधिक हो भने अझै बढ्नसक्ने संकेत देखिएपछि नेपाली बजारमा खरिदबिक्रीमा प्रतिकूल असर परेको ब्यवसायीहरुको भनाई छ । 

                

चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमणका कारण संसारका दुई दर्जन मुलुक प्रभावित भइसकेका छन्, जसको असर अन्तर्राष्ट्रिय बजारमा परेको सुनचाँदीको ब्यवसाय गर्दै आएका हो । अन्तराष्ट्रिय शेयर लगानीकर्ता क्रमिक रूपमा सुन कारोबारमा आकर्षित भएसँगै सुनले मूल्यवृद्धिमा रेकर्ड कायम गरेको हो। चिनियाँ अर्थतन्त्रमा सुधार नआएसम्म सुनको भाउ नघट्ने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सुरक्षित लगानीको रुपमा सुनलाई लिने गरिन्छ । 

नेपाली बजारमा सोमबार तेजाबी सुन पनि  तोलाको ८० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाली बजारमा आइतबार प्रतितोला ७८ हजार ८ सय रूपैयाँ छापावाल सुन सोमबार १ हजार ५ रुपैयाँले बढेको हो। नेपालमा सुन उत्पादन हुँदैन । आयात मात्र हुने हुँदा अन्तर्राष्ट्रिय बजारमा भाउ लगातार बढ्दा सोझो असर नेपाली बजारमा परेको हो। त्यसैगरि चाँदी अघिल्लो दिनका तुलनामा ५ रूपैयाँले बढेर सोमबार चाँदी प्रतितोला ९ सय २५ पुगेको छ।

बिबहाको लगनको सिजनमा नै सुनको भाउ उच्च रुपले बढेपछि उपभोक्तालाई भने मर्का परेको छ ।