गाडीको ठक्करबाट पैदलयात्रीको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

सिन्धुली, १२ फागुन । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् ।

गाडीको ठक्करबाट आज बिहान स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।

ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।