प्रधानमन्त्री ओलीलाई पोखरामा कालो झण्डा देखाउने पक्राउ
कास्की, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पोखरामा कालो झण्डा देखाउन खोज्ने पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा लगायत चार जना रहेका छन् ।
सोमबार पोखरा सभागृहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली आउने समयमा कालो झण्डा देखाउने तयारी गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
समाजवादी निकट विद्यार्थी समूहले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, यती समूहलाई सार्वजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।
प्रतिक्रिया