चीन विरूद्धको नयाँ शीतयुद्ध अमेरिका किन जित्न सक्दैन ?

 चीन विरूद्धको नयाँ शीतयुद्ध अमेरिका किन जित्न सक्दैन ?

चीनले कोरोनाभाइरस विरूद्धको लडाइँमा माथिदेखि तलसम्मको शक्ति परिचालन गरिरहेको र नयाँ अभूतपूर्व मापदण्डहरू अपनाइरहेको बेला जानकारी भए अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जेनरल इलेक्ट्रिकले उत्पादन गरेको विमान इन्जिनको बिक्री चीनलाई गर्न नपाउने गरी उसको निर्यात इजाजत पत्र खारेज गर्ने योजना बनाइरहेको छ । यो जानकारीले  दुबै देश चीन र अमेरिकाका प्रविधि कम्पनीहरू माझ चिन्ता बढाइदिएको छ ।

ठीक यही बेला अमेरिकी विदेश मन्त्रीले आफ्नो विदेश भ्रमणमा चिनियाँ प्रविधि कम्पनी हुवावेलाई सहयोग नगर्ने नीतिको निरन्तरता दिइरहेका छन् । तर, अमेरिकाका सर्वाधिक बलियो र विशेष सहयोगी बेलायतले पनि हुवावेलाई फाइभजी नेटवर्कसम्मको पहुँच दिएको छ । अमेरिकाका अन्य अधिकांश सहयोगीले हुवावेसँग काम गर्न ढोका बन्द गरेका छ्रैनन् । हुवावेलाई दमनको निरन्तरता दिने गरी चिनियाँ सैनिक जवानले साइबर आक्रमण गरेको आरोप वा चीनले साइबर आक्रमण गरेको आरोप म्युनिखमा आयोजना गरिएका सुरक्षा सम्मेलनमा अमेरिकी अधिकारीहरूले लगाए अमेरिकी प्रवृतिलाई स्पस्ट रूपमा दर्शाएका छन् । यो विद्यमान अमेरिकी प्रशासनले चीनसँग संवाद र सम्झौताद्वारा व्यवहार गर्ने चाहना भन्दा पनि एकतर्फी कठोर मापदण्ड बृद्धि गरेर जान खोजेको बाटो हो । अमेरिका र चीनले पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरेलगत्तै यस्ता कार्यहरू भएका छन् ।

हालका वर्षहरूमा चीनसम्बन्धी अपनाइएका अमेरिकी नीतिहरूले यी दुई देशबीच सम्भावित शीतयुद्धको चिन्ता बढाएको र अमेरिकाको एकतर्फी कारबाहीको विरोध पनि व्यापक बन्दै गएको छ । यी दुई देशबीचको व्यापार युद्धको बाटोलाई विचार गर्दा विद्यमान अन्तर्राष्ट्रिय प्रणाली र आर्थिक सुशासनको मोडेलसम्बन्धी विषयमा चीन र अमेरिका दृष्टिकोणको आधारभूत धारणागत मान्यता नै परस्पर विरोधी देखिन्छ । यो परस्पर विरोधी मान्यता वैचारिक तथा सांस्कृतिक मान्यता जस्ता अन्य क्षेत्रमा पनि फैलिएको छ । यो परस्पर विरोधी विषयले द्वन्द्वको ठूलो क्षेत्रलाई बढाउन सक्छ र यसले अमेरिका र सोभियत संघबीचको शीत युद्ध दुखान्त अवस्था दोहो¥याउन सक्नेछ ।

चीनमाथिको अधिकतम अमेरिकी दबाब आर्थिक र व्यापारको क्षेत्रमा मात्र सीमित भएको छैन न त यो कुनै उपायसम्बन्धी मापदण्ड नै हो । यसको गहिरो रणनीतिक बुझाइहरू छन् । पहिलो अमेरिकीहरूले चिनियाँ राष्ट्रको महान कायाकल्पको रणनीतिक लक्ष्य र अमेरिकीलाई फेरि महान बनाउने रणनीतिक लक्ष्यबीच मौलिकरूपमा कुनै अन्तरविरोध रहेको विश्वास गर्छन् । दोस्रो अमेरिकीहरूले चीनको आर्थिक र सैनिक शक्तिले अमेरिकाको वैश्विक र क्षेत्रीय वर्चस्वलाई पर्याप्त चुनौती दिन्छ र त्यसैले उनीहरूलाई शान्त भएर बस्न दिन नसक्नेमा विश्वास गर्छन् । तेस्रो अमेरिकाले चीनको बुझाइबारे आधारभूत परिवर्तन गरेको छ । त्यो भनेको चीनमा क्रमिकरूपमा भइरहेको राजनीतिक परिवर्तन ल्याउने आपसी सम्बन्ध विस्तारको नीतिलाई त्याग गर्ने नीतिको वकालत गर्छ । यसको साटो अमेरिकाले चीनलाई उदाउन दिनबाट रोक्ने गरी चीनमाथि चरम दबाब सिर्जना गर्ने नीतिमा विश्वास गर्छ । यस्ता दृष्टिकोणहरू वासिंटनमा रहेको पाइन्छ र यी विषयहरूले गर्ने आह्वान भनेको तत्काल चीनसँगको शीतयुद्ध हो ।

तर, यो शीतयुद्धलाई तपाईँले कसरी लिनु हुन्छ त्यसले अर्थ राख्दैन् । यो काल्पनिक शीतयुद्धमा कोही विजेता नहुने वा अमेरिकाले यसको निरन्तरता दिन सक्षम हुने छैन जस्ता विचार हुन सक्छन् । एक शब्दमा भन्ने हो भने समय परिवर्तन भइसकेको छ । चीन अमेरिका सम्बन्धहरू ७० वर्षअघिको अमेरिका सोभियत सम्बन्धहरूमा धेरै भिन्नताहरू छन् । 

पहिलो भनेको यद्यपि यी दुई देशको विकासका बाटाहरू फरक छन् । चीनले सही बाटो समातेको छ । चालीस वर्षभन्दा बढी समयदेखि चीनले सुधार र खुलापनको बाटोमा सदैव संलग्न भई आएको छ । दृढतापूर्वक विद्यमान अन्तर्राष्ट्रिय प्रणालीको अखण्डता र सुरक्षाका लागि आबद्ध छ र न्यायपूर्ण एवम् विवेकसम्मत सुधारको दिशामा आफूलाई प्रतिबद्ध गरेको छ । यसको ठीक उल्टो  अमेरिकी प्रशासनको विद्यमान विदेशी नीति अराजक मात्रै नभइ वर्चस्ववादी पनि छ । अमेरिकाले आफूलाई विश्वको संहारक र अन्तर्राष्ट्रिय प्रणालीको विनासकको रूपमा प्रस्तुत गर्छ जसले उसलाई नैतिक घाटाको दलदलमा फसाउँछ । दोस्रो अमेरिका सोभियत शीतयुद्ध दुई शिविरबीचको भिडन्त थियो जबकि चीन अमेरिका सम्बन्धहरू पूर्णरूपमा फरक छन् र प्रणालीगत भिडन्तको सम्भावना उच्च छैन् । चीन सोभियत खेमाको अगुवाजस्तो चीन कुनै  खेमाको नेता होइन् । सदैव असंलग्न परराष्ट्र नीतिप्रति संलग्न रही चीनले आफू  समूहगत राजनीतिमा नरहने स्पस्ट पारेको छ ।

अन्य देशहरूसँगको चीनको सम्बन्धको आधारभूत शासकीय सिद्धान्त छ । किनकि चीनले सबै देशहरूसँग उनीहरूलाई सामाजिक प्रणाली र विचारधारा छनौट गर्न पाउने अधिकार रहेको विषयबारे पूर्ण जानकार छ । शीतयुद्धको अवधि लामो हुन्छ । यद्यपि दुखदायी प्रयासका बाबजुद अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीका साथसाथै अन्य बरिष्ठ अधिकारीहरूले ‘चीन खतरा सिद्धान्त’ र ‘ऋण जाल सिद्धान्त’को उग्रता तर्फ अग्रसर भएका छन् तर विश्वका केही देशहरूले आफ्नो राष्ट्रिय स्वार्थका कारण अमेरिकी हैकम अगाडि घुँडा टेकेका छन् । उनीहरूले  चीनसँग सम्बन्ध बढाउँदा राम्रो हुने र अमेरिकी सम्बन्धले उनीहरूलाई दमन गर्ने जान्दा जान्दै यसो गरिरहेका छन् ।

तेस्रो भूमण्डलीकरणको युगमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भनेको साझा विकासका लागि राम्रो सम्बन्धको प्रस्ताव हुन्छ न कि विचार वा मूल्यमान्यता हुन्छ । विश्व आज शताब्दीमा हुने अभूतपूर्वरूपमा परिवर्तनको अवस्थामा छ र देशहरूले बढ्दो गम्भीर आन्तरिक र बाह्य चुनौतीको सामना गरिरहेका छन् । 

सबै देशहरूको साझा विकास र प्रगतिको अनुभव गर्न कुनै जिम्मेवार देशको जवाफदेयीता र अभियान बुझ्नुपर्ने हुन्छ । यस सन्दर्भमा चीनले आफ्नो वचन राम्ररी राखेको छ र बेल्ट एन्ड रोड इन्सिएटिभलाई अगाडि बढाएको छ । साना तथा मझौला आकारका देशहरूका विकास परियोजनाहरूमा वित्तीय सहयोग उपलब्ध गराउन  बहुपक्षीय र क्षेत्रीय वित्तीय प्रतिष्ठानहरूको स्थापना गर्दै चीनले जलवायु परिवर्तन र परमाणु प्रसारसम्बन्धी वैश्विक विषयहरूलाई सम्बोधन गर्न महत्वपूर्ण योगदान दिएको छ । अझ अहिले सर्वाधिक महत्वपूर्ण आकस्मिक विषय नयाँ कोरोनाभाइरसको सन्दर्भमा पनि चीनले त्यसको रोकथामका लागि मूल्यवान अनुभव उपलब्ध गराएको छ र सरूवा महामारी विरूद्धका लागि कसरी प्रतिक्रिया जनाउन सकिन्छ त्यसबारे पनि मूल्यवान अनुभव गराएको छ ।

अर्को तर्फ अमेरिकाले अझ पनि अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्यको क्षेत्रमा चीनले दिएको योगदानमा धब्बा लगाउने काम गरिरहेको छ साथै अमेरिकाले चीनले नै कोरोनाभाइरसको सिर्जना गरिरहेको आशंका फैलाउन खोजेको छ । अमेरिकाले अन्य देशलाई उनीहरूको आन्तरिक समस्या समाधान गर्न कुनै संरचनात्मक समाधान दिने काम नगरेर चीन विरोधी प्रचारबाजीमा निरन्तरता लागि परेको छ । अमेरिकाकाले यस्ता कार्यहरूले चीन विरोधी मोर्चामा जित हासिल गर्न नसक्ने देखिएको छ । साथै यस्ता व्यवहारले अमेरिकालाई एक्ल्याउने आंशका बढाएको छ ।
(चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका अनुसन्धानकर्ता झाङ तेङजुनको लेखको अनौपचारिक अनुवाद) 

 समयबद्ध साप्ताहिकबाट