स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै

सप्तरीको स्थानीय तहहरुमा ब्यापक आर्थिक अनियमितता भईरहेको तथ्य सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी कार्यालयद्वारा मंगलबार सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्घनका लागि जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्य सार्वजनिक भएको हो । 

कार्यक्रममा आयोगका शाखा अधिकृत गिरीराज भट्टराइले सार्वजनिक गरेका प्रतिवेदन अनुसार आयोगमा २०७५/०७६ मा सप्तरी जिल्लाबाट सर्वाधिक २५६ वटा आर्थिक अनियमितता सम्बन्धि उजुरी परेको उल्लेख छ ।
जसमध्ये १४९ वटा उजुरी स्थानिय तहमा भएको आर्थिक अनियमिततासँग सम्बन्धित रहेको भट्टराईले जानकारी दिए । 

पुरानो सरेर आएको १२२ तथा आर्थिक वर्ष २०७५/०७६ मा परेको २५६ उजुरी गरी कुल ३७८ मध्ये १८२ उजुरीको फर्छयौट भएकोे र बाँकी १९६ उजुरी छानबिनको भईरहेको भट्टराईको भनाई थियो । 
कार्यक्रममा आयोगको ईटहरी कार्यालयका प्रमुख चक्र बहादुर बुढाले आर्थिक अनियमितता र भ्रष्टाचार विषयमा आयोगमा परेको उजुरी तथा गुनासाका आधारमा तथा विभिन्न मिडियामा सार्वजनिक हुने गरेको विषय दुवैलाई सुक्षम अनुसन्धान गरी आयोगले निष्पक्ष ढंगले कार्यवाही प्रकृया अघि बढाउने गरेको बताए । 

कार्यक्रममा विभिन्न स्थानिय तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख, शिक्षक, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

अघिकांस जनप्रतिनिधिले पुरानो रिसीईवी र राजनैतिक आस्थाका आधारमा आयोगमा झुठा उजुरी पर्ने क्रम पनि बढेको दबताउँदै छानविन पश्चात उजुरी झुठा ठहरिए त्यस्ता उजुरी कर्तालाई पनि कार्यवाही हुनुपर्ने सुझाव दिएका थिए । 
कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश सिंह, रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा लगायतले आफ्नो भनाइ राखेका थिए ।