ट्रम्पको भारत भ्रमण स्मृतिमा मिठो व्यापारसम्झौता तितो
काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको भ्रमणबाट मीठो स्मृति बोकि लगेपनि व्यापार सम्झौता भने गर्न सकेनन् । मंगलबार फर्किदा भारतका सञ्चार माध्यममा जति ठूलो फोटाहरू खिचिए त्यतिको व्यापारिक लाभ भने कुन नसकेको देखिएको हो । ट्रम्प दम्पत्ति फर्किरहँदा नयाँ दिल्लीमा हिंसात्मक दङ्गामा केहीको मृत्यु भइसकेको थियो ।
अमेरिका र भारतबीचको व्यापार सम्बन्ध हालका वर्षहरूमा बिग्रिदै गएको छ । ट्रम्पले ‘अमेरिका पहिले’को नीति घाटा हटाउन लिइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भारतमा बनाऔं’को मन्त्र जप्न थालेयता यी दुई देशबीचको व्यापार सम्बन्ध बिग्रेको देखिएको हो ।
भारतको ताजमहलको भ्रमण ट्रम्प दम्पत्तिले गरेपछि ट्रम्पले भारतसँग कुनै सम्झौता गरिए यो वर्षको अन्त्यमा समाप्त हुने बताएका थिए ।चीनसँगको व्यापार युद्धको तुलनामा ट्रम्पले भारतको फलाम र अलुमिनियममा अतिरिक्त भन्सार महसुल थपेका छन् ।
साथै भारतले पाउँदै आएको शुन्य भन्सार महसुलको सुविधा हटाइ दिएका थिए । एसियाको तेस्रो ठूलो अर्थतन्त्रसँगको अमेरिकाले व्यापार घाटा हटाउन यो नीति लिएको थियो ।्
भारतको भ्रमणमा आए लगत्तै गरेको आफ्नो सम्बोधनमा ट्रम्पलाई कठिन सम्भौताकार भनी टिप्पणी गरेका थिए । ट्रम्प भारतमा रहेका बेला हिन्दु मुस्लिमबीचको दङ्गामा कम्तीमा १३को मृत्यु र १५० घाइते भएको देखियो ।
प्रतिक्रिया