कोरोनाभाइरसले विश्व अर्थतन्त्रलाई दस खर्ब अमेरिकी डलरको क्षति गर्ने

कोरोनाभाइरसले विश्व अर्थतन्त्रलाई दस खर्ब अमेरिकी डलरको क्षति गर्ने

काठमाडौ । कोरोनाभाइरस ‘कोभिड १९’ महामारी विश्वको अर्थतन्त्रलाई क्षति पु¥याउने पहिलो महामारी हुने भएको छ ।यो भाइरसबाट ३ हजारजतिको मृत्यु भइरहँदा संक्रमितको संख्या ८० हजार नाघिसकेर स्वास्थ्य क्षेत्रमा रेकर्ड कायम गरिसकेको छ ।

इटली लगायतका देशमा यसको संक्रमित संख्या बढन थालेको देखेर चिन्ता बढिरहेका बेलाकेही अर्थशास्त्रीहरूले यसको अर्थतन्त्रमा पर्ने प्रभावबारे चिन्ता गरिरहेका छन् ।अक्सफोर्ड इकोनोमिक्सले विश्व अर्थतन्त्रको जीडीपीबाट १ ट्रिलियन वा दस खर्ब अमेरिकी डलर भन्दा बढी हराएर जान सक्ने अनुमान गरेको छ ।

यो भाइरसका कारण न्यून उत्पादकत्व, आपूर्ति शृंखलामा अवरोध र व्यापार एवं लगानीलाई घटाउने भएकाले अर्थतन्त्रमा यस्तो क्षति हुने अनुमान गरिएको छ । अमेरिकी स्टकको बेन्चमार्कमा ३ प्रतिशत भन्दा बढीको गिरावट आएको देखेपछि लगानीकर्ताहरू हतोत्साहित हुन पुगेका छन् । एसएन्डपीमा आएको यो गिरावट सन् २०१८को फेब्रुअरी यता सर्वाधिक भएको देखिएको छ । 

तर केन्द्रीय बैंकर र सरकारहरूले कोभिड १९ले विश्व अर्थतन्त्रलाई क्षति पु¥याउने दाबी गरिरहेका छन् ।  उनीहरूका अनुसार यो बिरामी समाप्त भए अर्थतन्त्र उफ्रिन थाल्ने  छ । 
अन्तर्राष्ट्रिय मुद्रा कोषले यो भाइरसबाट अर्थतन्त्रको जोखिम त्यति ठूलो नहुने जनाएको छ ।

कोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथनले एक अन्तर्वार्तामा यस्तो बताएकी छिन् । यो भाइरसको जोखिम उसले गर्ने विश्व यात्रामा पर्ने र यो आफैमा जटिल विषय भएको जनाइएको छ ।