वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय

काठमाण्डौ, १४ फागुन । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो ।

अब गौतमलाई मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । यस्तै शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले तत्काल काम अघि नबढाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजि श्रेष्ठले बताए । 

राष्ट्रिय सभा सदस्यको हैसियत प्रतिनिधि सभा सदस्य बराबर हुने गरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय शनिबार भए पनि चौतर्फी विरोध भएपछि तत्काल काम अगाडि नबढाउने निर्णय बुधबारको सचिवालयले गरेको हो । कार्यदल बनाएको विषयमा पार्टीभित्र र बाहिरबाट विरोध भएको थियो ।