अर्थमन्त्रीलाई फाल्न ‘वामदेव कार्ड’

अर्थमन्त्रीलाई फाल्न ‘वामदेव कार्ड’

काठमाडौं, फागुन १४ । अर्थमन्त्री युवराज खतिवडालाई फाल्न विवादास्पद व्यापारीमार्फत् सचिवालयमा ‘वामदेव कार्ड’ प्रयोग गरिएको प्रधानमन्त्री केपी ओलीको बुझाइ रहेको देखिएको छ । 

खासगरी विनोद चौधरी, अजय सुमार्गी, दीपक भट्टसहितका केही विवादास्पद व्यापारीको अर्थमन्त्री फाल्ने योजनालाई सफल बनाउन पार्टीका कतिपय शीर्ष नेता लागेको बालुवाटारको बुझाइ रहेको पाइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको वैठकमा ‘अर्थमन्त्री युवराज खतिवडा राजनीतिका साथै प्राविधिक समेत रहेकाले अर्थमन्त्रीमा खासगरी प्राविधिक चाहिने’ तर्क गरेको स्रोतको दावी रहेको छ । 

वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर अर्थमन्त्री युवराज खतिवडालाई रोक्ने योजना बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारो पार्ने प्रपञ्च रचेको स्रोतको भनाइ छ । 

प्रधानमन्त्री बन्ने ग्यारेण्टी नहुँदासम्म आफू राष्ट्रिय सभाको जागिर नखाने बताउँदै आएका वामदेव गौतमले एकाएक निशर्त राष्ट्रियसभाको सदस्य बन्ने कुरा गर्नुले उनको कद धेरै नै घटेको राजनीतिक विश्लेषकको ठहर रहेको छ ।   

अर्थमन्त्री युवराज खतिवडालाई हटाउने कुरामा आजको सचिवालयको वैठकमा विस्णु पौडेलले पनि खुलेर मत राखे । सधैं प्रधानमन्त्री केपीको पक्षमा मत राख्दै आएका पौडेलको प्रम ओलीको विपक्षमा खुलेर बोल्नुलाई धेरैले आश्चर्यका साथ हेरेका छन् ।