दशकौं यता दिल्लीको निकृष्ट दङ्गामा २७ जनाको मृत्यु
काठमाडौ ।दिल्लीमा दङ्गाबाट कम्तीमा २७ जनाको मृत्यु भएको छ । दशकौंयता यस किसिमको साम्प्रदायिक दङ्गा दिल्लीमा फैलिएकोछ । स्थिति सामान्य पार्न सेना उतार्न र कफ्र्यु लगाउन माग गरिएको छ । स्थितिलाई सामान्य पार्न प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति कायम गर्न आह्वान गरेका छन् ।
यो साता हिन्दु र मुसलमान समुदायका दङ्गा भडकाउनेहरूबीच भएको दङ्गामा तरवार,बन्दुक र एसिडको प्रयोग गरिएको पाइयो । २०० भन्दा बढी मानिस घाइते भएका छन् । प्रधानमन्त्री मोदीको सरकारले हिन्दुवादी एजेन्डा अन्तर्गत ल्याएको नागरिकता कानुनको विरोध र पक्षमा त्यहाँको जनतालाई विभाजन गरेको थियो । मोदीको एजेन्डाको विरोधमा देश भर नागरिकता संशोधन कानुन विरूद्ध प्रदर्शन भइरहेका छन् ।
यसै क्रममा गएको सोमबार र मंगलबार दिल्लीमा हिंसात्मक गतिविधि भए । स्थानीयहरूलाई घर छाडी भाग्नु प¥यो , एक मस्जिदमा आक्रमण गरिए र एक टायर बजार र दुई स्कूलमा आगो लगाइएका छन् ।
प्रतिक्रिया