भारत सरकारले प्याज निकासी प्रतिबन्ध हटायो 

 भारत सरकारले प्याज निकासी प्रतिबन्ध हटायो 

काठमाडौ । भारत सरकारले प्याज निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । भारतमा प्याजको खेती धेरै भएको देखेर सरकारले  यस्तो निर्णय गरेको हो । खाद्य तथा उपभोक्ता मामिला मन्त्रीले प्याज निकासीमा लगाइएको प्रतिबन्ध हटाइएपछि किसानलाई आम्दानी हुने बताए । गतवर्षको तुलनामा भारतको प्याज खेतीमा ४० प्रतिशत भन्दा बढीले बृद्धि भइ ४० लाख टन प्याज किसानले भित्र्याएका छन् । 

प्याजमा प्रतिबन्ध लगाएपछि प्याजको मूल्यमा बृद्धि हुन पुगेको थियो । अहिले प्याजको मुल्य सन्तुलित अवस्थामा रहेको र बजारमा ठूलो परिमाणमा प्याज जान थालेको र प्रतिबन्ध हटेपछि प्याजको मूल्यमा रही आएको दबाब पनि घटने उनको विश्वास छ ।

सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि गत वर्ष सेप्टेम्बरमा  खुद्रा बजारमा प्याजको मूल्य १५० भारु प्रतिकिलो नाघेको थियो । साथै भारत सरकारले इजिप्ट, अफगानिस्तान र टर्कीबाट प्याज आयात गरेको थियो । यसले प्याजको खुद्रा बजारमा मूल्य सन्तुलनमा ल्याउन मदत गरेको थियो । भारतको खुद्रा बजारमा प्याजको मूल्य ३० देखि ४० भारुबीच रहेको छ ।