नयाँ अर्बपतिहरू चीनमा अमेरिका भन्दा तीन गुना बढी

नयाँ अर्बपतिहरू चीनमा अमेरिका भन्दा तीन गुना बढी

काठमाडौ । नयाँ अर्बपतिहरूको संख्या यो वर्ष चीनमा अमेरिका भन्दा तीन गुना बढी रहेको छ । औषधि र अनलाइन इन्टरटेनमेन्ट क्षेत्रमा क्रियाशील चिनियाँ उद्यमीहरूको सम्पत्तिमा बृद्धि चिनियाँ अर्बपतिहरूको संख्यामा बृद्धि भएको हो ।

हङकङ र ताइवानसमेत गरी ग्रेटर चीनको क्षेत्रमा जनवरी ३१सम्म नयाँ अर्बपतिहरूको संख्या १८२ पुगेको छ । यो नयाँ अर्बपतिहरूको संख्या जोडेर चीनमा अर्बपतिहरूको संख्या ७९९ पुगेको छ । हुरुन ग्लोबल रिच लिस्ट २०२० अनुसार अमेरिकामा नयाँ अर्बपतिहरूको संख्या ५९ रहेको छ ।

नयाँ कोरोनाभाइरस महामारीले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा प्रहार गरेको अवस्थामा चीनको अनलाइन शिक्षा, अनलाइनगेम र खोप बनाउने कम्पनीहरूको मुनाफामा बृद्धि भइ धेरै अर्बपति प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

अहिले भारत र अमेरिका दुबैको अर्बपतिको संख्या भन्दा चीनका अर्बपतिहरूको संख्या ठूलो रहेको छ ।  हुरुन रिपोर्टका संस्थापक अध्यक्ष रुपर्ट हुगवर्फले  जनाए अनुसार अमेरिकी अर्बपतिहरूको संख्या ६२९ र भारतको १३७ अर्बपतिहरूको संख्या रहेको छ ।

यो प्रतिवेदनका आधारमा अमेरिकी अर्बपति जेफ बजोस लगातार तेस्रो वर्ष १४० अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिका साथ पहिलो स्थानमा छन् । इकमर्स कम्पनी अलिबाबा ग्रुपका संस्थापक ज्याक माको सम्पत्ति ४५ अर्ब रहेको छ । उनको स्थान समग्र अर्बपतिमा २१औं स्थान रहेको छ । 

यो रिर्पोटको सबैभन्दा महत्वपूर्ण विषय अमेरिकी सरकारले कालो सूचीमा राखेको चिनियाँ कम्पनी हुवावेइका मालिक रेन झेनफेइको सम्पत्ति ७ प्रतिशतले बढेर ३ अर्ब अमेरिकी डलर पुगेको छ । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति बराबर आफ्नो सम्पत्ति पु¥याउन सफलता पाएका छन् ।

बेइजिङ पाँचौ पटक ११० अर्बपतिका साथ सबै भन्दा बढी अर्बपतिहरूको राजधानी बनेको छ । न्यूयोर्कमा ९८ अर्बपति रहेका छन् । तेस्रो अर्बपतिको शहर हङकङलाई जितेर संघाइ बन्न पुगेको रिपोर्टले जनाएको छ ।