अमेरिका फर्केका हुका डाक्टर भन्छन“कोरोनाभाइरसको कुनै ठोस उपचार छैन् ”
काठमाडौ । वैज्ञानिकहरूले प्राणघातक नयाँ कोरोनाभाइरस विश्वभर कसरी सरिरहेको छ त्यसबारे अझ भन्न सक्ने अवस्थामा पुगेका छैनन् । यसले गदौ यो कोरोनाभाइरसबारे रहस्य गहिरिँदै गएको हो । चीन भित्र पनि विभिन्न ठाउँको मृत्यु दर फरक रहेको छ ।
कोभिड १९ नाम पाएको यो भाइरसको अन्य देशहरूमा संक्रमण भइरहेको छ । विश्व स्वास्थ्य संगठनको विशेष टोलीमा सामेल भइ अमेरिका फर्केका डा. ब्रुस अलवार्डले यस्तो जानकारी दिएका छन् ।
मध्यचीनको उहानमा पहिले भाइरस फैलिन शुरूभएको पाइयो । २ देखि ४ प्रतिशत संक्रमित रोगीको मृत्यु भइसकेको छ । हुले जनाए अनुसार चीनको अन्य ठाउँमा यो भाइरसबाट मर्नेको प्रतिशत ०.७ प्रतिशत रहेको पाइयो ।
वास्तवमा यो कस्तो भाइरस हो । यसको सही उपचार के हो जस्तो विषयमा केही ठोस भन्न सकिने अवस्था नभएको उनले जनाए । शुरूका रोगीहरू धेरै गम्भीर अवस्थामा रहेका थिए । तर अब चिनियाँ अधिकारीहरूले शुरूको भन्दा केही हलुका संक्रमणका रोगीहरू फेला पारिरहेका छन् ।
रुघा खोकीसँग जोडिएर आएको यो भाइरस सन् २००३मा फैलिएको सार्स जस्तो देखिन्छ । सार्सले १० प्रतिशत रोगीको ज्यान लिएको थियो । यो रोगबाट बृद्धबृद्धाको मृत्यु हुने गरेको छ । युवाहरूको मृत्यु यसबाट निकै कम वा भनौ नहुने स्थिति पाइएको छ ।
प्रतिक्रिया