मलाई तर्साउन खोजिएको ? मलाई आत्मसमर्पण गराउन खोजिएको ?

मलाई तर्साउन खोजिएको ? मलाई आत्मसमर्पण गराउन खोजिएको ?

काठमाडौं, १५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्मा प्रभाकरले।गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका छन् । 

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले आफुले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भए पनि २०७४ कात्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएकोप्रति गम्भिर आपत्ति जनाए। २०७४ असोज ३० गते नै आफु गृहमन्त्रीको जिम्मेवारीबाट बाहिरिएको उल्लेख गर्दै उनले तर्साउन नाम जोडिएको हो ? वा मलाई आत्मसमर्पण गराउन खोजिएको हो ? भन्दै प्रश्न गरे। उनले आफुलाई तर्साउन खोजिएको भएपनि आफू असत्यको सामु नझुक्ने बताए।

उनले भने, यदि त्यसरी यहाँ मलाई तर्साउन खोजिएको हो भने म असत्यको अगाडि कहिले पनि तर्सिन्न। सरकारले मलाई ढाट्न सक्ला तर जनता र मतदातालाई ढाँट्न सक्छ ? जनता र मतदातालाई ढाँट्ने सरकारले कहिले पनि काम गर्न सक्दैन्। कसरी विश्वास गर्ने यहाँ विश्वासको संकट पर्यो। विश्वासको संकट पर्यो यहाँ। नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो। मर्लाइ शंका उत्पन्न भयो। मलाई जवाफ चाहिन्छ विश्वासको संकट पर्यो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडिको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताए। उनले भने, म कात्तिक १३ गते होइन असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु। त्यसपछि विना विभागिय जिम्मा थियो। मन्त्री नै नभएको नाम लेखिनुको कारण के ? लेख्नुपर्ने नाम किन लेखिएन् ?’