शेयर बजारमा फेरि नयाँ रेकर्ड, बैकिङ्ग समूह नेतृत्वदायी भूमिकामा
साताको अन्तिम दिन बिहीबार शेयरबजारमा कारोबार रकमले फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ । शेयरबाजरमा अहिलेसम्मकै उच्च चार अर्ब ४६ करोड माथीको कारोबार बनाएर उच्च कारोबारको रेकर्ड कायम भएको हो । यसअघि प्राय सुस्त गतिमा रहेको बैकिङ्ग समूहमा उछाल आउँदा अब नेप्सेको अगाडी बढ्ने यात्रा निरन्तर रहनेमा लगानीकर्ता आशावादी रहेको देखिन्छ ।
नयाँ रेकर्ड कायमसँगै शेयरबजारको खरिदविक्रीको माहौल समेत फरक परेको छ । यसअघि लघुवित्त र विमा कम्पनीमा आकर्षित भएका लगानीकर्ता आज बाणिज्यबैकहरुतर्फ आकर्षित हुँदा बैकिङ्ग समूह उच्च अंकले बृद्धि हुन पुग्यो । यसअघि लघुवित्त र विमा कम्पनीहरुको शेयरमूल्य उच्च भईसकेको र अब्बल सावित भइसकेका बाणिज्यबैंकहरुको शेयरमूल्य न्यून भएको हुँदा अझै केहीदिन बैंकहरुको शेयर मूल्य बढ्नसक्ने ब्रोकर अफिसमा भेटिएका एक लगानीकर्ता बताउँछन् । विशेष गरी नेप्सेले १६ सयको विन्दु क्रस गरेर माथि जान थालेपछि बजारमा नयाँ उमंग थपिएको छ ।
बिहीबार नेप्से सूचक ३६.०५ अंकले बढेर १६३२.१७ विन्दुमा अडिएको छ । खरिदविक्रीमा आएका १८० कम्पनीको ४ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । आज १ करोड ८ लाख ५९ हजार ६५६ कित्ता शेयर खरिदबिक्री भएका छन् । वाणिज्य बैंक, विकास बैंक र उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै २१३.३९ अंकले घटेको छ । जीवन बिमा समूह पनि १६४.६३ अंकले घटेको छ । कारोबार रकममा नेपाल लाइफ अगाडी छ ।
त्यसपछि क्रमश : एनआइसी एसिया बैंक र एनएमबि बैंक कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा परेका छन् भने एभरेष्ट बैंक, एसबीआई बैंक, हिमालयन बैंक तथा नबिल बैंकको १० प्रतिशतले भाउ बढेर सर्किट लागेको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावरको भाउ ६.७१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया