दुर्घटनामा परेका पाँचैजना उपचारका लागि काठमाडौंमा

दुर्घटनामा परेका पाँचैजना उपचारका लागि काठमाडौंमा

काठमाडौं, १५ फागुन । नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली सहित दुर्घटनामा परेका पाँचैजनालाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
घाइतेहरुको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । 

मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई काठमाडौंबाट बर्दिबास आउँदै गरेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले रातु पुलमा ठक्कर दिँदा कारमा सवार पाँचनै जना घाइते भएका थिए । 

स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

दुर्घटनामा परि मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् । महोत्तरीबाट महासचिव मैनाली र उनको परिवारका सदस्यहरु काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो ।