विजयप्रकाश मिश्र विरुद्ध पूर्वमन्त्री बास्कोटाले हाले गाली बेइज्जती मुद्दा  

विजयप्रकाश मिश्र विरुद्ध पूर्वमन्त्री बास्कोटाले हाले गाली बेइज्जती मुद्दा  

पूर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्र विरुद्ध मुद्दा हालेका छन्। बास्कोटाले आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएसँगै उनले आफूलाई झुटो आरोप लगाएको बताएका छन् ।  

बास्कोटाको मुद्दाले कस्तो रुप लिन्छ र किनारा कस्तो लाग्छ त्यो हेर्न भने बाँकी नै छ ।