नेकपाले डाक्यो सचिवालय बैठक

नेकपाले डाक्यो सचिवालय बैठक

काठमाडौं, १८ फागुन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । बैठक विहान साढे एघार बजेको लागि डाकिएको छ । बैठकमा राष्ट्रियसभा सदस्यको मनोनयनमा विषयमा निर्णय हुने बालुवाटार श्रोतले जनाएको छ ।
नेकपाको सचिवालयले अघिल्लो बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

सचिवालयले सर्वसम्मत रूपमा गौतमको नाममा सहमति जुटाए पनि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएका थिए । नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले गौतमलाई नै लैजानुपर्ने मत राखेपछि नेकपामा विवाद छ । य