प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण बुधबार
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला प्रत्यारोपण आगामी बुधबार हुने भएको छ ।
दोस्रो पटक गर्न लागिएको उनको मृर्गौला प्रत्यारोपण काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा हुने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
'आजको पार्टी सचिवालय बैठकमा उहाँले यसबारेमा जानकारी गराउनुभएको छ' थापाले भने । बैठकले ओलीको सफल मृर्गौला प्रत्यारोपणको लागि शुभकामना व्यक्त गरेको जनाइएको छ ।
ओलीको १२ वर्ष अघि भारतमो मृर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया