प्रधानमन्त्री ओलीलाई नातिनीको मृर्गौला 'ट्रान्सप्लान्ट' गरिने
काठमाडौं, १८ फागुन । बुधबार दोस्रो पटक मृर्गौला प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातिनीले मृर्गौला दान गर्ने भएकी छिन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने मृर्गौला प्रत्यारोपणका लागि ओलीका आफन्तकी एक छोरी (ओलीको नातिनी पर्ने) को मृर्गोला म्याच भएको अस्पताल श्रोतले जनाएको छ । ती नातिनीको नाम भने गोप्य राखिएको छ ।
उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेको जनाइएको छ ।
मृर्गौला प्रत्यारोपणको तयारी एवम् स्वास्थ्य जाँचका लागि ओलीलाई भोलि सोमबार अस्पताल भर्ना गर्न लागिएको बालुवाटार श्रोतले जनाएको छ ।
प्रतिक्रिया