प्रचण्डलाई जुत्ता प्रहार गर्न खोज्ने रतन तिरुवा को हुन् ? 

प्रचण्डलाई जुत्ता प्रहार गर्न खोज्ने रतन तिरुवा को हुन् ? 

काठमाडौं, १८ फागुन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि जुत्ता प्रहारको प्रयास भएको छ । आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारीको स्मृतीसभामा मन्तव्य सकेर सिटतर्फ फर्किदै गर्दा उनीमाथि जुत्ता प्रहारको प्रयास भएको हो । दर्शकदीर्घामा बसेका जुम्ला निवासरी रतन तिरुवाले प्रहार गरेको जुत्ताले भने अध्यक्ष प्रचण्लाई लाग्न पाएन । उनलाई तत्काल प्रहरीले पक्राउ गरेको छ । 

ती व्यक्तिलाई एमसिसी प्रकरणको बारेमा 'प्रोपोगाण्डा' गराउनका लागि कसैले दुरुपयोग गरेको हुन सक्ने आङ्कलन गरिएको छ । साथै सशत्र द्वन्द्वको रिसइवी पोख्न केही तत्वले उनलाई प्रयोग गरेको हुन सक्ने पनि अनुमान छ ।