कोरोनाको आशंकामा दुईं जना टेकुमा भर्ना
१८ फागुन, काठमाडौं । कोरोनाको संक्रमणको आशंकामा दुई जना व्यक्तिलाई टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
उनीहरु दुवै चीन र दक्षिण कोरियाबाट फर्केका नेपाली भएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए।
उनका अनुसार उनीहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि आइसोलेसनमा राखेर जाँच गर्न खोजिएको हो।
बास्तोलाले नमुना संकलन गरेर ल्याबमा पठाइसकेको बताउँदै सोमबारसम्ममा रिपोर्ट आउने बताए। दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिसकेको छ।
प्रतिक्रिया