न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा अर्याल

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा अर्याल

काठमाडौं, १९ फागुन । पत्रकार राजेन्द्र अर्याल न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अर्याललाई समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

नेकपानिकट अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष समेत हुन् । श्रमजीवी पत्रकारका लागि पारिश्रमिक निर्धारण गर्न गठित समितिको अध्यक्षको भूमिकामा यसअघि गंगाधर पराजुली थिए । उनको कार्यकाल सकिएपछि रिक्त स्थानमा सरकारले अर्यालले अवसर पाएका हुन् ।