ओलीको मृर्गौला प्रत्यारोपणका लागि मोदीको शुभकामना
काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना ब्यक्त गरेका छन् ।
मोदीले सोमबार ट्वीट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
मोदीले ट्विटरमा लेखेका छन्, ‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
मोदीले नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्यार्उन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले ट्विटरमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीको १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलामा पुनः समस्या देखिएपछि बुधबार प्रत्यारोपण गरिँदैछ ।त्यसका लागि प्रधानमन्त्री ओली आज त्रिवि शिक्षण अस्पताल भर्ना हुँदैछन् ।
प्रतिक्रिया