बालुवाटार पुगेर उपराष्ट्रपतिले दिए प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको शुभकामना

बालुवाटार पुगेर उपराष्ट्रपतिले दिए प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको शुभकामना

काठमाडौं, १९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटेका छन् । मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई भेट्‍न उपराष्ट्रपति पुन बालुवाटार पुगेका हुन् ।

भेटमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उपराष्ट्रपति पुनले प्रधानमन्त्रीलाई सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको शुभकामना गरेका थिए । ओली सोमबार नै अस्पतालमा भर्ना हुनेछन् ।