प्रधानमन्त्री ओली किड्नी फेर्न शिक्षण अस्पतालमा भर्ना

प्रधानमन्त्री ओली किड्नी फेर्न शिक्षण अस्पतालमा  भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन पुगेका छन्। किड्नीको डयलासिस गर्दै आएका प्रधानमन्त्रीको बुधबार ट्रान्सप्लान्ट हुने भएकाले भर्ना हुन उनी अस्पताल  पुगेका हुन्।

भरखर मात्रै भिडियो संदेश जारी गरेका ओलीले उपचार पूरा गरेर पुनः काममा फर्कने बताएका छन्। प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्न अस्पताल जानुअघि भिडियो सन्देशसमेत जारी गरेका छन्। युट्युबमा सार्वजनिक भिडियोमा उनले आफ्नो स्वास्थ्यप्रति ढुक्क रहन आग्रह गरेका छन्। उनले शीघ्र स्वास्थ्य लाभको कामना गर्नेहरुमा धन्यवादसमेत भनेका छन्।

भिडियो सन्देशमा ओलीले १२ वर्ष अघि प्रत्यारोपण गरेको र बुधवार मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिएका छन्। उनले आफ्नै देशका अनुभवी चिकित्सकद्वारा मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्। त्यसका साथै सन्देशमा ओलीले आफू जागृत सपना अलपत्र पारेर अलप नहुने बताए। भने, ‘जसरी राम्रो खेलाडीले खेलकैबीच मैदान छाड्दैन,त्यसैगरी भर्खर जागृत सपना अलपत्र पारेर म अलप हुन्नँ।’ उनले उपचारपछि आफू केही दिनमा फर्कने विश्वास ब्यक्त गरेका छन्।

ओली साँझ मात्र अस्पताल पुगेका हुन् भने उनलाई किड्नी दान गर्न लागेकी भान्जी नाताकी समीक्षा संग्रौला दिउँसो नै अस्पताल भर्ना भइसकेकी छिन्।