अर्थमन्त्री खतिवडाले दिए राजीनामा

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं, २० फगुन । अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन् । आज राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन्। भोलि दिउँसो उनको सपथ हुने सम्भावना रहेको राष्टज्ञपति कार्यालय श्रोतले झिल्कोलाई बतायो ।

उनको राजीनामा पत्र राष्ट्रपति कार्यालयमा पुगिसकेको जनाइएको छ । राजीनामा बुझाएपछि खतिवडा प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

खतिवा दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । उनको पदावधी आजबाट सकिँदै छ ।