नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा पनि कोरोना 

नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा पनि कोरोना 

२० फागुन । भारतमा कोरोना भाइरसको संख्या बढेसँगै भारतले चार देशका नागरिकका भिसा निलम्बन गरिदिएको छ । यसमा इटाली, इरान, दक्षिण कोरिया र जापान संलग्न छन् । यसबीचमा जयपुरमा पनि इटालीका एक व्यक्तिमा कोराना भाइरस भेटिएको छ ।  

सरकारले जनाएअनुसार भारतमा यसअघि छ जना कोरोना भाइरस भेटिएका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका स्वास्थ्य मन्त्रीले प्रदेशमा कोरोनाका छ जना विरामी भएको बताए । संक्रमित व्यक्तिको रिपोर्ट पुणेको ल्याबमा पठाइएको छ । संक्रमित व्यक्तिलाई सफ्तरगञ्ज अस्पतालमा राखिएको छ ।  

दिल्लीसँगै सटेको शहर नोयडामा एक विद्यालयमा पढ्ने विद्यार्थीमा कोरोना भाइरस पाइएको छ । 

गजब त के छ भने फ्रान्स पनि कोरोनाको ठूलो चपेटामा परेको छ । चीनबाट प्रारम्भ भएको यो भाइरस विश्वभरि नै आतंक चलाएको छ ।