अर्थमन्त्रीमा खतिवडा पुनःनियुक्त 

अर्थमन्त्रीमा खतिवडा पुनःनियुक्त 

काठमाडौं, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई पुनःनियुक्त गरेकी छिन् । 
 
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा १० बमोजिम  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई  नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए । 
 
राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए । 

राष्ट्रपति भण्डारीले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत तोकेकी छिन् । नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।