सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलामा आजै बढ्यो २२ सय रुपैयाँ 

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलामा आजै बढ्यो २२ सय रुपैयाँ 

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । यसअघि फागुन १२ गते तोलाको ८० हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आज त्यो दिनको रेकर्ड तोडेको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५०० रुपैयाँ पुगेको छ यो भाउ अहिलेसम्मकै उच्च भाउ हो ।

कोरोना प्रभावका कारण लगानीकर्ता सुन बजारमा आकर्षित हुँदा अन्तराष्ट्रियस्तरमै सुन महंगो भएको छ भने युएस डलरको एक्सचेन्ज दर उच्च हुँदा त्यसको दोहोरो असर सुनको मूल्यमा परेको ब्यवसायीहरुको भनाइ छ ।
 
मंगलबार सुनको मूल्य तोलाको ७८ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि बुधबार प्रतितोला २२ सय रुपैयाँले नै बढेर ८० हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाही महासंघले जनाको छ । ।