सुर्खेतमा जीप दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेतमा जीप दुर्घटना, तीन जनाको मृत्यु

वीरेन्द्रनगर, २१ फागुन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जीप दुुर्घटना हुुँदा तीन जनाको निधन भएको छ । मृत्तकहरुको सनाखत हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जीपमा रहेका अन्य चार जना गम्भीर घाइते भएका छन् ।

दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरको जिप रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो ।

जीप अनियन्त्रित भएर सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ । दुुर्घटनाको थप विवरण आउन बाँकी छ ।