गोरखामा निर्माणाधीन पुल ढल्दा तीन कामदार घाइते 

गोरखामा निर्माणाधीन पुल ढल्दा तीन कामदार घाइते 

गोरखा, २१ फागुन । मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल मंगलबार ढल्ला तीजना कामदार घाइतेभएका छन् । 

पुलको ढलान गर्न छड कसिरहेका तीन जना कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए ।  घाइते दुई जना कामदारलाई स्थानीय मेडिकलमा र एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। घाइते सुनिल चौधरीलाई उपचार गर्न काठमाडौं ल्याइएको हो ।

उक्त पुल ४३ मिटर लम्बाइको थियो। ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला एक्कासी पुल ढलेको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।